

गुल्मीकाे रेसुङ्गामा दोस्रो पटक हिउँ




गोकर्ण पाण्डे/गुल्मी
बिहीवार रातिदेखि परेको पानीसँगै गुल्मीका उच्च पहाडी स्थानमा हिमपात भएको छ । जिल्लाका रेसुङ्गा, मदाने, सालिमेदहलगायतका उच्च पहाडी स्थानमा हिमपात भएको हो ।
गएको पुस महिनाको १५ गते रेसुङ्गामा ब्यापक हिउँ परेको थियो । यसवर्ष रेसुङ्गामा दोस्रो पटक हिउँ परेको छ । हिमपातले त्यहाँ रहेका सम्पूर्ण बोट विरुवा ढाकेको छ।
हिमपातभएसंगै हिउँसंग रमाउने पर्यटकहरुमा लागि भने नयाँ दृश्य सिर्जना भएको छ । जिल्लाको सदरमुकाम तम्घास देखि माथि रेसुङ्गा क्षेत्रमा कुहिरो लागिरहेको छ ।
अहिले सदरमुकाम तम्घास लगायतका आसपासका क्षेत्रमा मौसममा परिवर्तन देखिएको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जनसहित वर्षा भएको महाशाखाले जनाएको छ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया