

देशभर बाक्लो हुस्सु सँगै शितलहर


कपिलवस्तु । शनिबारदेखि कपिलवस्तु सँगै देशभर बाक्लो हुस्सुसहित शितलहर चलेसँगै जनजीवन कष्टकर बन्न पुगेको छ । बिहानै देखि लागेको बाक्लो हुस्सुका कारण पहाडी तथा तराईमा चिसो बढेको छ भने कपिलवस्तु सहित तराईको देक्षिणी सिमा क्षेत्रमा शितलहर समेत चलेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि लागेको हुस्सु तथा कुहिरो विस्तारै हट्दै जाने बताएको छ ।
अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविद्ले बताएका छन्। हाल देशको गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ। तराईका केही भूभागमा बाक्लो हुस्सु–तथा कुहिरो लागेको छ । प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
यस्तै राति पनि देशभर आंशिक बदलीको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


खबर सबै
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ
-
उखु किसानले पाए साढे १२ करोड अनुदान
-
बाकेमा २३ हजार सवारीसाधन कारबाही हुदाँ उठ्यो १ करोड ९५ लाख राजस्व






प्रतिक्रिया