

भ्यू टावरले बढ्यो जगदीशपुर तालमा आकर्षण



कपिलवस्तु ।
विश्व सीमसार क्षेत्रमा सूचीकृत कपिलवस्तुको जगदीशपुर तालमा पक्की भ्यु टावर निर्माण गरिएसँगै तालको आकर्षण समेत बढेको छ ।
अहिले तालमा चरा अवलोकन गर्न आउनेका लागि आकर्षण थप्ने उद्देश्यले सो टावर बनाइएको हो । टावरबाट कृत्रिम रूपमा बनाइएको तालको मनमोहक दृश्य हेरेर आनन्दित हुनुका साथै पर्यटकले चराको जलविहार, चिरबिराहट तथा विचरण समेत हेर्न पाउने छन् ।
लुम्बिनी प्रदेश सरकारले ७२ लाख ५६ हजार रुपैयाँ लगानी गरी दुई वर्ष लगाएर टावर निर्माण पूरा गरेको हो । १८ मिटर अग्लो टावरको ३ खण्डबाट ताल हेर्न सकिन्छ । तालको दक्षिण क्षेत्रमा निर्माण गरिएको टावरबाट मौसम सफा भएका बेला ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल पनि देख्न सकिन्छ । हिमालसँगै आगन्तुक चराको लुकामारी, मनोरम आवाज र कोकिल कण्ठेबोलीले गजबको आनन्द थपेको बुटवलबाट घुम्न आएका रोशनजंग कार्कीले सुनाए ।
कपिलवस्तु नगरपालिका–९ र १० मा रहेको ताल १ सय ५७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । नेपालमा पाइने ८ सय ८८ प्रजातिमध्ये तालमा १ सय ६७ भन्दा धेरै प्रजातिका चरा पाइने आईयूसीएनले गरेको अध्ययनले देखाएको छ । त्यसमध्ये ९२ प्रजातिका रैथाने, ९ प्रजातिका गर्मीयाममा आउने, ६४ प्रजातिका जाडोयाममा आउने र ३ प्रजातिका चरा आंशिक प्रवासी रहेको अध्ययनमा उल्लेख छ । विश्वमै दुर्लभ वन्यजन्तु पानी बिरालो, ओंत र ११ प्रजातिका चरा पनि यहाँ पाइन्छन् । तालमा ४३ प्रजातिका माछा, १० प्रजातिका उभयचर, ४२ प्रजातिका सरीसृप र ३२ प्रजातिका स्तनधारी जनावर पाइने अध्ययनले देखाएको छ । जाडो मौसममा तालमा २० हजार बढी आगन्तुक चरा बसाइँ सरेर आउँछन् । ताल सन् २००३ मा विश्व सीमसार क्षेत्रमा सूचीकृत भएको हो । संरक्षित क्षेत्रमा नेपालमै पहिलोपटक जगदीशपुर तालले संयुक्त राष्ट्रसंघीय इक्वेटर पुरस्कार २०१५ पाएको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया