वाणगंगा ९ मा आयोजित जिल्ला स्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा

नवराज बेल्वासे/भलवाड
कपिलवस्तु जिल्लामा जिनुवा स्पोर्ट्स एण्ड लिङ्कन सोसाइटी वाणगंगा ९ जिनुवाको  आयोजनामा    आयोजित जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।                                                                             आज भएका दुई ओटा क्वाटर फाईनल खेल पछि सेमिफाइनलको समिकरण पूरा भएको हो । आज भएको पहिलो क्वाटर फाईनल खेलमा चन्द्र सुर्य युवा क्लव वर्दहवा र फुटबल क्लव बनगाई बिचको खेल बराबर भए पछि पेनाल्टी सुट आउटमा बनगाईले जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो ।                                                                                                            आजै भएको दोस्रो क्वाटरफाइनल  खेलमा प्रयास सामाजिक युवा क्लव भर्तापुर र लव नेपाल पिपरा बिचको खेलमा ३-० ले जित निकाल्दै भर्तापुरले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।                                                                                       यस अघि भने बैदौली र सिर्जनशिल युवा क्लव मोतिपुर भने पहिले नै सेमिफाइनल प्रवेश गरेका छन् । भोलि हुने सेमिफाइनल खेलमा प्रयास सामाजिक युवा क्लव भर्तापुरले सिर्जनशिल युवा क्लव मोतिपुरको सामाना गर्नेछ भने बैदौली भने बनगाई फुटबल क्लवको सामाना गर्नेछ । प्रतियोगिताको फाईनल खेल शनिबार हुने खेल संयोजक दिपेन्द्र सुनारले बताएका थिए ।

प्रतिक्रिया

खबर सबै