

वाणगंगा ९ मा आयोजित जिल्ला स्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा

नवराज बेल्वासे/भलवाड
कपिलवस्तु जिल्लामा जिनुवा स्पोर्ट्स एण्ड लिङ्कन सोसाइटी वाणगंगा ९ जिनुवाको आयोजनामा आयोजित जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । आज भएका दुई ओटा क्वाटर फाईनल खेल पछि सेमिफाइनलको समिकरण पूरा भएको हो । आज भएको पहिलो क्वाटर फाईनल खेलमा चन्द्र सुर्य युवा क्लव वर्दहवा र फुटबल क्लव बनगाई बिचको खेल बराबर भए पछि पेनाल्टी सुट आउटमा बनगाईले जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो । आजै भएको दोस्रो क्वाटरफाइनल खेलमा प्रयास सामाजिक युवा क्लव भर्तापुर र लव नेपाल पिपरा बिचको खेलमा ३-० ले जित निकाल्दै भर्तापुरले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो । यस अघि भने बैदौली र सिर्जनशिल युवा क्लव मोतिपुर भने पहिले नै सेमिफाइनल प्रवेश गरेका छन् । भोलि हुने सेमिफाइनल खेलमा प्रयास सामाजिक युवा क्लव भर्तापुरले सिर्जनशिल युवा क्लव मोतिपुरको सामाना गर्नेछ भने बैदौली भने बनगाई फुटबल क्लवको सामाना गर्नेछ । प्रतियोगिताको फाईनल खेल शनिबार हुने खेल संयोजक दिपेन्द्र सुनारले बताएका थिए ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया