

माओवादी केन्द्र लुम्बिनी प्रदेश सम्मेलनमा कपिलवस्तु बाट मौलाना मशहूद लगायत १७ प्रतिनिधि निर्विरोध निर्वाचित



कपिलवस्तु, मंसिर २७
नेकमा माओवादी केन्द्र लुम्बिनी प्रदेशमा २१७ सदस्य निर्बिरोध निर्वाचित भएका छन् । प्रदेश राजधानी देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा भएको प्रदेश सम्मेलनको बन्दसत्रबाट २१७ सदस्यीय समिति निर्विरोध भएको हो । समितिको सोमबार ८ बजे बस्ने बैठकले पदाधिकारी चयन गरेको छ । अहिले केन्द्रीय समितिमा रहेकाहरु प्रदेशमा नबस्ने सहमति भएपछि साबिक प्रदेशकै सदस्यबाट पदाधिकारी बन्ने छन् । कपिलवस्तु बाट नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश कमिटीमा १७ प्रतिनिधी सर्वसम्मत रुपमा निर्वाचित भएको माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मौलाना मशहूद खां नेपालीले
जानकारी दिएका छन् । उनका अनुसार रुद्रलाल बन्जाडे, ,रामचन्द्र शाहा(बिष्णु),सत्यनारायण त्रीपाठी , सुकै थारु , अर्जुन प्रसाद सापकोटा , बिजय प्रकाश जैसवाल , करम बहादुर यादव , जनि बन्जाडे, कमला भुसाल, विमला दहित, उमा बि.क, शुष्मा यादब, रण बहादुर परियार, धन बहादुर यादव , नारायण प्रसाद भुसाल गरि मुस्लिम समुदाय बाट, मौलाना मशहूद खां नेपाली , हजरत अलि मुसलमान प्रतिनिधी छनौटमा परेका हुन् । नेकपा माओवादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जावेद आलम खां, माओवादी केन्द्रका नेता केशर ओली, राष्ट्रीय मदरसा संघका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, उपाध्यक्ष शैख जैस मक्की लगायतले नव निर्वाचित सम्पूर्ण प्रदेश कमिटी लाई हार्दिक बधाई दिदै सफल कार्यकाल को शुभकामना समेत व्यक्त गरेका छन् l


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया