

लुम्बिनी : संस्थापन इतरका पुनले बढाए मतान्तर, शाह ११७ मतले पछि



बुटवल
नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभापतिमा संस्थापन इतर समूहका अमरसिंह पुन मगरले मतान्तर बढाउँदै अग्रता लिइरहेका छन्। संस्थापन समूहका सार्वजनिक लेखा समितिका सभापति रहेका रुपन्देहीका भरत कुमार शाहलाई ११७ को मतान्तरले पुनले अग्रता लिएका हुन्।
निर्वाचन समितिले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार पुनले ४ सय ७८ मत गणना हुँदा २ सय ९५ मत ल्याएका छन्। शाहले भने १७८ मत ल्याएका छन्। संस्थापन (पार्टी सभापती शेरबहादुर देउवा) पक्षबाट उम्मेदवार बनेका शाह गृहमन्त्री बालकृष्ण खाँणको योजनामा सभापतीमा उठेका थिए। तर, प्रारम्भिक मतगणनाले भने संस्थापन पक्षलाई धक्का लाग्ने संकेत गरेको छ।
पुन वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट उम्मेदवार बनेका हुन्। रोल्पा कांग्रेसका निवर्तमान सभापति रहेका पुनले जिल्ला-जिल्ला पुगेर प्रचार गरेका थिए। १२ जिल्ला रहेको लुम्बिनीमा नौ जिल्लामा पौडेल समूहका सभापति विजयी भएका थिए भने दुई जिल्लामा मात्रै संस्थापन देउवा समूहका सभापति छन्। बाँकेमा भने निर्वाचन हुन बाँकी छ।
निर्वाचन समितिका प्रमुख डा. बुद्धबहादुर थापाका अनुसार ४७८ मतगणना हुँदा उपभापतिमा पनि संस्थापन इतर (पौडेल) पक्षका भुवन श्रेष्ठ र अष्टभूजा पाठकले अग्रता लिएका छन्। श्रेष्ठले २८३ र पाठकले २७६ मत ल्याएका छन्। त्यस्तै संस्थापनका राजु खनालले १९३ र सुधाकर पाण्डेयले १४९ मत ल्याएको निर्वाचन समितिका सदस्य जीवनारायण अधिकारीले बताए।
दुई समूह प्यानल बनाएर चुनावी मैदानमा ओर्लेका हुन्। सबै पदमा संस्थापन इतरले अग्रता लिएको छ। संस्थापनमा गृहमन्त्री खाण सहित पूर्वराज्यमन्त्री देवेन्द्रराज कंडेल, केन्द्रीय सदस्य पुष्पा भुसाल, मान बहादुर विश्वकर्माले समर्थन गरेका छन्। त्यस्तै पुनलाई कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, दीपक गिरीलगायतका नेताहरुको समर्थन छ। यो पटक नेपाली कांग्रेसमा आन्तरिक प्रतिस्पर्धा भए पनि एकले अर्कोलाई निषेध गरेर प्रचार गरेका थिए।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया