

कांग्रेस लुम्बिनी प्रदेश समिती सदस्यमा शुशिला बेल्बासेको उम्मेदवारी



बिकाश भुसाल / कपिलवस्तु नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिको प्रदेश सदस्य पदमा कपिलवस्तुकि युवा संचारकर्मी तथा कांग्रेस नेतृ शुशिला बेल्बासेले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा महाधिवेशन केन्द्रिय प्रतिनिधिमा सर्वाधिक मत ल्याइ बिजय बन्नुभएकी बेल्बासेले लुम्बिनी प्रदेश समिति सदस्यमा पनि उम्मेदवारी दिने घोषणा गर्नु भएको हो । बिपिको समाजवादको सपना साकार पार्न युवा पुस्ता राजनीतिमा आउनु पर्ने र युवा पुस्ताले राजनीतिमा अवसर पाउनु पर्छ भन्ने मान्यता राख्ने बेल्बासे कपिलबस्तुकै कान्छी केन्द्रिय महाधिवेशन प्रतिनिधि पनि हुनुहुन्छ । सानै उमेर देखि संचार क्षेत्रमा भुमिका निर्वाह गर्दै आउनु भएकी शुशिला बेल्बासेले २०७० सालमा नेबि संघको केन्द्रिय सदस्यको जिम्मेवारी पनि सम्हाल्नु भएको थियो । नेपाली कांग्रेसको भातृ संगठन (नेपाल विद्यार्थी संघ) को राजनीति गर्दै नेपाली कांग्रेस काठमाडौ-कपिलवस्तु सम्पर्क मञ्चको सचिबको भुमिका निर्वाह गर्नुभएकि बेल्बासे कपिलवस्तुको दक्षिणी-पश्चिमी क्षेत्रमा उदाउँदो युवा राजनीतिज्ञ पनि हुनुहुन्छ । २८ बर्षमा कांग्रेसको केन्द्रिय महाधिवेशन प्रतिनिधिमा बहुमत प्राप्त गरि युवा पुस्तालाइ हौसला दिने शुशिला बेल्बासेले कांग्रेसको संस्थापन र इतर पक्षमा नलागी आफू साझा उम्मेदवार रहेको बताउनु भयो । नेतृ शुशिला बेल्बासेले लुम्बिनी प्रदेशमा महिला तथा खस आर्य तर्फबाट आफुले प्रदेश समिति सदस्यमा उम्मेद्बारी दिएको बताउनु भयो ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया