पढेको कुरा याद हुदैन ? यस्ता छन् वास्तु टिप्स

प्रकाश पौडेल
वास्तु अर्थात सापत्य शास्त्रको सहयोगले हाम्रो जीवन सन्तुलित र आनन्दले व्यतित गर्न सकिन्छ । हाम्रो मन निरास भए कार्यप्रति आलस्य – अल्छि पन आउन्छ । मनको निरासानै असन्तुलित वास्तुको प्रमुख कारण हो । यदि खुसी भएर काम गर्ने हो भने छिटो, सहजिलो र आनन्दका साथ कार्य गर्न सकिन्छ । अध्याँरो कोठामा बढी डर लाग्छ कारण कोठाको प्रमुख वास्तु उज्यालो नै असन्तुलित छ ।
पटक–पटक अध्ययन गर्दा पनि याद नहुनु, पढाईमा मन नलाग्नु, अध्ययन गरेको छिटो विर्सनु कहि कतै अध्ययन गर्ने कोठा वास्तु नमिल्नाले पनि भएको पाईन्छ ।
विद्यार्थीले अध्ययन गर्ने कोठाको वास्तु निम्न प्रकारले मिलाएर अध्ययन गर्नु उपयुक्त हुन्छ ।
१.पढने कोठा घरको पश्चिम दिसामा बनाउने, अथवा ईशान कोठा पुर्व र उत्तरको विचमा राख्दा पनि सर्वोत्तम् मानिन्छ ।
२. अल्छी व्यत्तिका लागी पूर्व राम्रो हुन्छ ।
३. अध्ययन गर्दा मुख पूर्व–उत्तर तर्फ फर्केको हुनु पर्दछ ।
४. किताब राख्ने रैंक टेवल दक्षिण–पश्चिम,, पश्चिम उत्तर हुनु पर्दछ ।
५. सरस्वतीको फोटो पूर्व अथवा पूर्व–उत्तरको विचमा राख्नु शुभ दायक हुन्छ ।
६. विम र भारी वस्तुको ठिक तल बसेर अध्ययन गर्नु हुदैन ।
७. अध्ययन गर्ने टेवलमा सामान कम राख्नु पर्दछ ।
मसी सकिएको पेन, प्रयोगमा नआउने किताब, कापि, नचल्ने घडी अध्ययन गर्दा देखिने गरी राख्नु हुदैन ।
९. कम्प्युटर उत्तर दिशाको मध्य भागमा अथवा पूर्वको मध्य भागमा राख्दा शुभ हुन्छ ।
१०. सम्भव भए सम्म अध्ययन गर्दा सुखासन अर्थात पलटि मारेर बस्नु पर्दछ ।
११. याद गर्न चाहेको कुरा ११ पटक सम्म लगातार उच्चारण गरेमा छिटो याद हुन्छ ।
१२. अध्ययन गर्नका लागी सर्व श्रेष्ठ समय ब्रह्म मुहूर्त अर्थात सूर्य उदय हुनु भन्दा झण्डै १ घण्टा पहिलाको समय शुभ हुन्छ ।
१३. साँझको बेला पढनु हुदैन, यदि पढेमा पढेको कुरा छिटो बिर्सिन्छ ।
१४ अध्ययन गरिसके पछि पुस्तक बन्द गरेर राख्नु पर्दछ ।
१५ पुस्तक (किताब) खोल्दा भन्ने मन्त्र–
शरस्वती मया दृष्टा विणा पुस्तक धारणीम् ।
हंशवा हनसं युक्ता विद्या दानं करोतुु मे ।।
।। ओम् शरस्वत्यै नमः ।।

ज्योतिष तथा भागवताचार्य– प्रकाश पौडेल कपिलवस्तु जिल्लामा रहेर वास्तु तथा ज्योषीय क्षेत्रमा काम गर्नुहुन्छ ।

प्रतिक्रिया

खबर सबै