
पाँचौ महाधिवेशनले ततायाे राष्ट्रिय संगीतकर्मी संघलाई

थानेश्वर अधिकारी, काठमाण्डौ । कलाकर्मीहरुको साझा संस्था राष्ट्रिय संगीतकर्मी संघको पाँचौ केन्द्रिय महाधिवेशनको तयारी तिब्र रुपमा अगाढी बढेको छ । यही मंसिर ३ र ४ गते काठमाण्डौंमा हुने पाँचौं राष्ट्रिय महाधिवेशनमा देशभरबाट करिव एक हजार प्रतिनिधि सहभागी हुने राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय अध्यक्ष राजेन्द्र कुमार कार्कीले बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री प्रेम आले रहेको अध्यक्ष कार्कीले बताएका छन् । कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न अध्यक्ष राजेन्द्र कुमार कार्कीको अध्यक्षमा मुल आयोजक समिति गठन गरिएको छ भन्ने अन्य उपसमिति समेत गठन गरिएको छ ।
संघको आज बसेको बैठकले अहिले सम्मको तयारीका बिषयमा समिक्षा गरेको छ । अत्यन्तै महत्वका रुपमा हेरिएको यो महाधिवेशनमा नेतृत्वका बिषयमा अत्यन्तै प्रतिस्पर्दा हुने देखिएको छ । पदाधिकारीमा धेरैको आकांक्षा रहेको हुनाले सकेसम्म सर्वसहमतीको प्रयास रहेको राष्ट्रिय संगीतकर्मी संघका महासचिव बिक्रम जंग शाहले बताएका छन् । संस्थामा कामको मुल्यांकन गरी सक्षम नेतृत्वका बिषयमा छलफल भैरहेकोले त्यसको बिषयमा महाधिवेशनले टुंगो लगाउने महासचिव शाहले बताए । महाधिबेसनको उद्घाटन समारोह मंसिर ३ गते बिहान ११ बजेबाट भृकुटीमण्डपमा हुने र बन्द सत्र प्रज्ञा भवन कमलादीमा सुरु भएर मंसिर ४ गते सम्म चल्ने राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय सचिव जिवन परियारले बताए ।
देश पुर्नसंरचनामा गए संघै सोही अनुरुप नेतृत्वमा पनी सन्तुलन ल्याउन अहिले देशको सात वटै प्रदेशमा उल्लेख रुपमा सो महाधिवेशनमा प्रतिनिधीहरुको सहभागिता रहने केन्द्रिय सदस्य राजकुमार हुमागाईले बताएका छन् । कलाकारहरुको महापर्वको रुपमा हेरिएको यो महाधिवेशनमा देशभरीबाट करिव एक हजार जनाको सहभागिता रहने हुनाले यस प्रति सबैको चासो बढेको राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय सदस्य बिनोढ ढकालले बताएका छन् ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया