तेस्रो वडा कप क्रिकेटको उपाधि मधुवन ‘ए’ ले जित्यो 

नविन भण्डारी, कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.८ मा सम्पन्न  तेस्रो वडा कप क्रिकेटको उपाधि मधुवन ‘ए’ ले जितेको छ । मायादेवी रङ्गशालामा विहीवार भएको फाइनल खेलमा चप्परगाउँ लाई हराउँदै मधुवन विजयी भएको हो । विहीवार भएको खेलमा चप्परगाउँलाई आठ विकेटले हराउँदै मधुवन ए ले जित हात पारेको हो ।

चप्परगाउँले दिएको ७१ रनको सामान्य लक्ष्य मधुवन ‘ए’ ले दुई विकेट गुमाएर ७ ओभर अघि नै भेटायो । विहीवार भएको खेलमा टस जितेर पहिले व्याटिङ गरेको चप्परगाउँले निर्धारित १६ ओभरमा अलआउट हुदै ७१ रनको योगफल तयार पारेको थियो । जसमा मधुवन ‘ए’ का लागि सुरज मगरले १५ रन बनाउँदा मनिषले अविजित ३० रन बनाए । बलिङतफ मधुवन ‘ए’ का प्रविण भण्डारीले ४ ओभरमा ४ विकेट र कृष्ण अर्यालले एक विकेट लिए । प्रतियोगितामा प्रविण भण्डारी म्यान अफ द म्याच घोषित भएका छन् ।

प्रतिक्रिया

खबर सबै