

तेस्रो वडा कप क्रिकेटको उपाधि मधुवन ‘ए’ ले जित्यो

नविन भण्डारी, कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.८ मा सम्पन्न तेस्रो वडा कप क्रिकेटको उपाधि मधुवन ‘ए’ ले जितेको छ । मायादेवी रङ्गशालामा विहीवार भएको फाइनल खेलमा चप्परगाउँ लाई हराउँदै मधुवन विजयी भएको हो । विहीवार भएको खेलमा चप्परगाउँलाई आठ विकेटले हराउँदै मधुवन ए ले जित हात पारेको हो ।
चप्परगाउँले दिएको ७१ रनको सामान्य लक्ष्य मधुवन ‘ए’ ले दुई विकेट गुमाएर ७ ओभर अघि नै भेटायो । विहीवार भएको खेलमा टस जितेर पहिले व्याटिङ गरेको चप्परगाउँले निर्धारित १६ ओभरमा अलआउट हुदै ७१ रनको योगफल तयार पारेको थियो । जसमा मधुवन ‘ए’ का लागि सुरज मगरले १५ रन बनाउँदा मनिषले अविजित ३० रन बनाए । बलिङतफ मधुवन ‘ए’ का प्रविण भण्डारीले ४ ओभरमा ४ विकेट र कृष्ण अर्यालले एक विकेट लिए । प्रतियोगितामा प्रविण भण्डारी म्यान अफ द म्याच घोषित भएका छन् ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया