

प्रधानमन्त्री देउवा र मोदीबीच स्कटल्याण्डमा भेटवार्ता हुने



काठमाडौं
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच स्कटल्याण्डको ग्लास्गोमा भेटवार्ता हुने भएको छ । ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी २६ औं सम्मेलन (कोप-२६)का क्रममा देउवा र मोदीबीच साइडलाइन वार्ता हुने पक्का भएको हो ।
सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवा शुक्रबार (कात्तिक १२ गते) स्कटल्याण्ड प्रस्थान गर्दैछन् ।
त्यहाँ हुने साइड लाइन वार्ताका लागि नेपालले गरेको आग्रह भारतले स्वीकार गरिसकेको प्रधानमन्त्री निकट स्रोतले बतायो । देउवा र मोदीबीच २०७४ सालयता भेटवार्ता भएको छैन ।
जलवायु परिवर्तनसम्बन्धी सम्मेलन यही कात्तिक १२ गतेदेखि २६ गतेसम्म चल्ने छ । प्रधानमन्त्री देउवा भने १२ गते स्कटल्याण्ड गएर १८ गते नै स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया