

कोरोना महामारीको समयमा अपराध गरेको भन्दै ब्राजिलका राष्ट्रपतिलाई कारबाहीको माग





सिनेटले नयाँ रिपोर्ट सार्वजनिक गर्दै कोरोना महामारीको समयमा १३ वटा गम्भीर अपराध गरेको भन्दै उनलाई कारबाहीको माग गरेको हो।
करिब ६ महिना लामो समयपछि तयार पारिएको १२ सय पेज लामो रिपोर्टमा बोल्सोनारोमाथि विभिन्न १३ वटा अपराधको आरोप लागेको छ।
बोल्सोनारो कोरोना महामारी नियन्त्रण र व्यवस्थापनमा असफल रहेको भन्दै उनीमाथि ६ लाख ब्राजिलियन नागरिक मारेको आरोप सिनेट रिपोर्टले लगाएको छ। उनले ब्राजिली नागरिकहरुले कोरोनाविरुद्धको खोप लगाउन नपर्ने बताएका थिए।
उनले लामो समयसम्म कोरोना भाइरसलाई गम्भीरतापूर्वक लिँदै लिएनन्, पछिल्लो समय पनि लिएको देखिँदैन। उनले मास्कको प्रभावकारिताबारे पनि शंका व्यक्त गरेका थिए। उनले आफूले मास्क नलगाउने बताएका थिए।
गत साता मात्रै उनी सान्तोस विरुद्ध ग्रेमियोको फुटबल खेल मैदानमै गएर हेर्न चाहन्थे। तर, त्यहाँको स्वास्थ्य मापदण्ड अनुसार खोप नलगाएकालाई प्रवेश निषेध गराइएको थियो। सोहीकारण उनले खेल हेर्न पाएनन्। तर, बोल्सोनारोले आफूमा खोप लगाउनेमा भन्दा बढी एन्टिबडी रहेको दाबी गर्छन् ।


खबर सबै
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न
-
लुम्बिनीमा मनाइयो २५७०औं बुद्वजयन्ती
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न
-
लुम्बिनीमा मनाइयो २५७०औं बुद्वजयन्ती
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा











प्रतिक्रिया