

नेपालमा जनसंख्याभन्दा २३ प्रतिशत बढी बैंक खाता पुगे



काठमाडौं । बैंक खाताको संख्या नेपालको जनसंख्याभन्दा बढी पुगेको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको गत भदौसम्मको तथ्यांकअनुसार नेपालका बैंक तथा वित्तीय संस्थामा ३ करोड ७७ लाख ७० हजार ९८५ वटा खाता खोलिएको छ।
यो संख्या जनसंख्याभन्दा २३.८४ प्रतिशत बढी हो। तथ्यांक विभागका अनुसार अहिले नेपालको जनसंख्या ३ करोड ४ लाख ९८ हजार ४९४ हो।
कुल खातामध्ये वाणिज्य बैंकहरुमा मात्र ३ करोड २९ लाख २७ हजार ६२२ छन्। यो संख्या नेपालको जनसंख्याभन्दा २४ लाख २९ हजार १२८ ले बढी हो।
त्यस्तै, विकास बैंकमा ४३ लाख ३२ हजार ३७४ वटा खाता खोलिएको छ भने फाइनान्स कम्पनीमा ५ लाख १० हजार ९८९ वटा निक्षेप खाता खोलिएको छ। राष्ट्र बैंकका अनुसार कर्जा खाताको संख्या भने १७ लाख २ हजार १९५ छ।
देशभर अहिले ६२ वटा बैंक तथा फाइनान्स कम्पनीहरु सञ्चालनमा छन्। सरकारले प्रत्येक नागरिकको बैंक खाता अनिवार्य हुनुपर्ने अभियान चलाएपछि बैंक खाता खोल्नेको संख्या बढेको राष्ट्र बैंकले बताएको छ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया