

नेपालमा जनसंख्याभन्दा २३ प्रतिशत बढी बैंक खाता पुगे


काठमाडौं । बैंक खाताको संख्या नेपालको जनसंख्याभन्दा बढी पुगेको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको गत भदौसम्मको तथ्यांकअनुसार नेपालका बैंक तथा वित्तीय संस्थामा ३ करोड ७७ लाख ७० हजार ९८५ वटा खाता खोलिएको छ।
यो संख्या जनसंख्याभन्दा २३.८४ प्रतिशत बढी हो। तथ्यांक विभागका अनुसार अहिले नेपालको जनसंख्या ३ करोड ४ लाख ९८ हजार ४९४ हो।
कुल खातामध्ये वाणिज्य बैंकहरुमा मात्र ३ करोड २९ लाख २७ हजार ६२२ छन्। यो संख्या नेपालको जनसंख्याभन्दा २४ लाख २९ हजार १२८ ले बढी हो।
त्यस्तै, विकास बैंकमा ४३ लाख ३२ हजार ३७४ वटा खाता खोलिएको छ भने फाइनान्स कम्पनीमा ५ लाख १० हजार ९८९ वटा निक्षेप खाता खोलिएको छ। राष्ट्र बैंकका अनुसार कर्जा खाताको संख्या भने १७ लाख २ हजार १९५ छ।
देशभर अहिले ६२ वटा बैंक तथा फाइनान्स कम्पनीहरु सञ्चालनमा छन्। सरकारले प्रत्येक नागरिकको बैंक खाता अनिवार्य हुनुपर्ने अभियान चलाएपछि बैंक खाता खोल्नेको संख्या बढेको राष्ट्र बैंकले बताएको छ।


खबर सबै
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
-
कपिलवस्तुमा तिन छठ्ठी पर्व मनाइँदै






प्रतिक्रिया