

प्लाज्मा थेरापी गरिएकी कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु



बुटवलमा प्लाज्मा थेरापी गरिएकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी ७० वर्षीया महिलाको बिहीबार बिहान साढे १० बजे मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा। सुदर्शन थापाले पुष्टि गरे । उनलाई लुम्बिनी प्रादेशिक अस्पतालकै कोरोना संक्रमणमुक्त डा। साजन श्रेष्ठले रगत दिएर प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो । साउन २६ गते कोरोना पोजेटिभ देखिएकी महिला साउन ३१ गते कोरोना अस्पतालमा भर्ना भएकी थिइन् । उच्च रक्तचापको समस्या समेत रहेकी महिलाको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि चार दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको डा। थापाले बताए । उनको मृत्युसँगै रुपन्देहीमा कोरोना अस्पतालमा मृत्यु हुने संक्रमितको संख्या ७ पुगेको छ । गए राति पनि कपिलवस्तुको तौलिहवाका ५० वर्षीया पुरुषको मृत्यु भएको थियो ।


खबर सबै
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?






प्रतिक्रिया