

कोलकाताले राजस्थान ८६ रनले हरायाे



कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा सहज जित निकालेको छ । बिहीबार सारजाहमा भएको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ८६ रनले हराएको हो ।
कोलकाताकाले दिएको १ सय ७२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएकाे राजस्थान १६ ओभर १ बलमा अलआउट हुँदै ८५ रनमा समेटियो ।
राजस्थानका राहुल टेवाटियाले सर्वाधिक ४४ रन बनाए । राजस्थानलाई सस्तैमा समेट्न कोलकाताका शिभम माभीले ४ तथा लकी फर्गुसनले ३ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । उसका शुबमन गिलले ५६ रनको अर्धशतकीय इनिङ् खेले ।
राजस्थानका क्रिस मोरिस,चेतन शाकरिया,राहुल टेवाटिया र ग्लेन फिलिप्सले १/१ विकेट लिए ।
जितसँगै कोलकाता १४ खेलमा १४ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । काेलकाता प्ले अफ सम्भावना कायम राखेको छ । राजस्थान १० अंक जोडेर सातौ स्थानमा छ । – न्युज कारखाना


खबर सबै
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति







प्रतिक्रिया