

कोलकाताले राजस्थान ८६ रनले हरायाे


कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा सहज जित निकालेको छ । बिहीबार सारजाहमा भएको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ८६ रनले हराएको हो ।
कोलकाताकाले दिएको १ सय ७२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएकाे राजस्थान १६ ओभर १ बलमा अलआउट हुँदै ८५ रनमा समेटियो ।
राजस्थानका राहुल टेवाटियाले सर्वाधिक ४४ रन बनाए । राजस्थानलाई सस्तैमा समेट्न कोलकाताका शिभम माभीले ४ तथा लकी फर्गुसनले ३ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । उसका शुबमन गिलले ५६ रनको अर्धशतकीय इनिङ् खेले ।
राजस्थानका क्रिस मोरिस,चेतन शाकरिया,राहुल टेवाटिया र ग्लेन फिलिप्सले १/१ विकेट लिए ।
जितसँगै कोलकाता १४ खेलमा १४ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । काेलकाता प्ले अफ सम्भावना कायम राखेको छ । राजस्थान १० अंक जोडेर सातौ स्थानमा छ । – न्युज कारखाना


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया