

एमालेको विधान महाधिवेशन : अहिलेसम्मकै सबैभन्दा ठूलो सहभागिता



काठमाण्डौँ ।
सरकारबाट बहिर्गमनपछि बदलिएको भूमिका र पार्टी विभाजनपछि गुमेको शक्ति आर्जनको उपायको खोजीमा प्रमुख प्रतिपक्ष दल एमालेले आत्ममन्थन सुरु गर्दै छ । संघीय सरकारबाट बाहिरिएको अढाई महिना र पार्टी विभाजनको पाँच हप्तापछि एमालेले देशभरबाट ६ हजारभन्दा धेरै नेता–कार्यकर्ता सहभागी गराएर आत्ममन्थन गराउन थालेको हो ।
शुक्रबारबाट ललितपुरको गोदावरीमा एमालेको तीनदिने प्रथम विधान महाधिवेशन सुरु हुँदै छ । यति ठूलो सहभागितामा एमालेले गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो कार्यक्रम हो । विधि र नीति निर्माणका लागि केन्द्रित गरेर विधान महाधिवेशन आयोजना गरिएको एमाले नेताहरूले बताएका छन् ।
एमालेले पहिलो विधान महाधिवेशनमार्फत राज्यसत्तामा पुनरागमन गर्ने सन्देश दिने तयारी गरेको छ । नेकपा छुट्टिएर पूर्ववत् एमाले र माओवादी केन्द्र ब्युँतिएसँगै माधव नेपाल नेतृत्वको समूह बाहिरिएपछि दोस्रो क्षति व्यहोरेको एमालेले धेरै प्रतिनिधि भेला पारेर पूर्ववत् हैसियतमा फर्किने सन्देश दिने तयारी गरेको छ । एमाले विभाजन गरी ९ भदौमा माधव नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएको छ ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया