५० अंक घट्यो नेप्से

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार करिब ५० अंक घटेको छ । यसँगै समग्र नेप्से परिसूचक ३ हजार ४४.८६ बिन्दुमा ओर्लेको छ ।

अघिल्लो दिनको तुलनामा यो करिब १.५९ प्रतिशत कम हो । यो दिन वित्त कम्पनीबाहेक कारोबारमा रहेका सबै उपसमूहको परिसूचक घटेपछि समग्र नेप्सेमा दबाब परेको थियो ।

कारोबार सुरु हुँदा आइतबार नेप्से ३ हजार १ सय ५.७५ अंकमा थियो । त्यसपछि केही बढेर ३ हजार १ सय १६.४८ अंकमा पुगेको थियो । त्यो वृद्धि टिकेन । अन्त्यमा ४९.१८ अंकले नेप्से ऋणात्मक भयो ।

प्रतिक्रिया

खबर सबै