

तामाकोसी जलविद्युत् पूर्ण रूपमा सञ्चालन



राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पूर्ण रूपले सञ्चालनमा आएको छ । सोमबारदेखि छवटै युनिट सञ्चालनमा आएर ४५६ मेगावाट विद्युत् उत्पादन सुरु भएको हो । नेपालमा सञ्चालित जलविद्युत् आयोजनामध्ये यो सबैभन्दा ठूलो हो ।
यसअघि पाँचवटा युनिटबाट उत्पादन थालिसकेको आयोजनाले सोमबार छैटौँ युनिटबाटसमेत उत्पादन थालेको हो । यससँगै १० वर्षदेखि निर्माण भइरहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सम्पन्नको चरणमा पुगेको छ । स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा ७६/७६ मेगावाटका छवटा युनिट जडान गरिएको छ ।
पहिलो युनिटको उत्पादन गत असार २१ गते सुरु गरेको तामाकोसीले सोमबारसम्म सबै युनिट सञ्चालन गरी उत्पादन थालेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्गलबारसम्म चारवटा युनिटबाट व्यावसायिक उत्पादन भएको छ ।
त्यसैगरी पाँचौँ युनिटले एक हप्ता र छैटौँ युनिटले १५ दिनपछि व्यावसायिक उत्पादन दिनेछ । उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमार्फत वितरण गर्न रामेछापको फुलासीस्थित २२०/१३२ केभीको सब–स्टेसनमा जोडिएको छ । उक्त विद्युत् ढल्केबर र लामोसाँघु हुँदै राष्ट्रिय प्रसारण लाइनमार्फत वितरण भइरहेको छ ।
यसअघि उत्पादित विद्युत् गोङ्गर, खिम्ती, ढल्केबर, चन्द्रनिगाहपुर, पथलैया, हेटौँडा हुँदै काठमाडौँ लानुपर्ने थियो । २२०/१३२ केभीको ट्रान्सफर्मर चार्ज गरिएसँगै तामाकोसीमा उत्पादित विद्युत् गोङ्गर, खिम्ती, लामोसाँघु र भक्तपुर हँुदै पनि काठमाडौँसम्म लान सकिनेछ ।
८२२ मिटर हेड र दैनिक पिकिङ रन अफ द रिभर प्रकृतिको यो आयोजना सबैभन्दा सुक्खा मौसममासमेत साढे चार घण्टासम्म पूर्ण क्षमतामा सञ्चालन गर्न सकिनेछ । आयोजनाबाट पुसदेखि चैतसम्मको सुक्खायाममा २९२ गिगावाट घण्टा र बाँकी समय एक हजार ९८८ गिगावाट घण्टा गरी वार्षिक दुई हजार २८१ गिगावाट घण्टा विद्युत् उत्पादन हुने प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताउनुभयो । निर्माण अवधिको आयोजनाको संशोधित लागत हालसम्म ब्याजबाहेक ५२ अर्ब पुगेको र ब्याजसहित आयोजनाको कुल लागत करिब ८४ अर्ब पुग्ने अनुमान आयोजनाको छ ।
यो समाचार गोरखापत्र दैनिकमा छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया