
लुम्बिनी प्रदेशसभा : नवौं अधिवेशनको पहिलो बैठक ६ मिनेटमै स्थगित

बुटवल ।
लुम्बिनी प्रदेशसभामा आजदेखि सुरु नवौं अधिवेशनको पहिलो बैठक ६ मिनेट बसेर स्थगित भएको छ । प्रतिपक्षी दल नेकपा एमालेको अबरोधका बावजुद २ वटा कार्यसूची माथि कारबाही गर्दै आजको बैठक स्थगित भएको हो ।
बैठकको सुरुमै एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले आफ्ना २ सांसदलाई कारबाहीका लागि पठाइएको पत्रमाथि सभामुखले कारबाही अघि नबढाएसम्म बैठक चल्न नदिने उल्लेख गरेका थिए । विपक्षी दलहरुले विरोध स्वरुप आफ्नो ठाउँबाट उठेर टेबल ठटाउँदै विरोध जनाए पनि सभामुखले प्रदेशप्रमुखले नवौं अधिवेशनका लागि आह्वान गरेको पत्र पढेर सुनाएका थिए । यसैगरी प्रदेश प्रमुख अमिक शेरचनले नियुक्त गरेका मुख्यमन्त्री कुलप्रसाद केसीको नेतृत्वमा गठित मन्त्रीहरुको नाम पढेर सुनाएका थिए ।
बैठक भोलि दिउसो १ बजे बस्नेगरी स्थागित भएको छ । निर्धारित समयभन्दा करिब पौने २ घण्टा ढिला गरी सुरु भएको बैठकमा विपक्षी दलले अवरोध जनाएपछि अन्य कार्यसूचिमा प्रवेश नै नगरी स्थागित भएको हो । लुम्बिनी प्रदेशका बिनाविभागिय मन्त्री अजय शाही र सांसद विमला खत्री ओलीलाई पदमुक्त गर्न नेकपा एमालेले प्रदेशसभा सचिवालयमा पत्राचार गरेपनि त्यस विषयमा सभामुखले आवश्यक कारबाही नगरेको भन्दे एमाललेले संसद अवरुद्ध गरेको हो ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया