

राप्ती नदीमा पानीको उच्च बहाव



अविरल वर्षासँगै राप्ती नदीमा पानीको सतह खतराको स्तरनजिक पुगेको छ । दाङको बागासोतीस्थित राप्ती नदीमा पानीको सतह ४ दशमलव २३ मिलिमिटर पुगेको छ । उक्त ठाउँमा पानीको सतह ५ दशमलव ५ मिलिमिटर भए चेतावनी र ६ दशमलव २ मिलिमिटर भए खतरा मानिन्छ ।
बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतह ३ दशमलव ५४ मिलिमिटर माथि उक्लेको छ । कुसुमस्थित राप्ती नदीमा पानीको सतह ५ मिलिमिटर भए चेतावनी र ५ दशमलव ४० भए खतरा मानिन्छ । राप्ती नदीमा पानीको सतह बढेपछि जिल्ला प्रशासन कार्यालयले राप्ती नदीआसपासका नागरिकलाई सचेत गराएको छ । पानी पर्न नरोकिएकाले बाढी आउन सक्ने जोखिम रहेको भन्दै प्रशासनले प्रभावित क्षेत्रका स्थानीयलाई सचेत गराएको हो ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया