

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै



काठमाडौं
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।
माओवादी केन्द्रका एक नेताले सरकारमा सहभागी हुने मन्त्री छान्ने विषयमा बैठक केन्द्रित हुने बताए ।
शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा हाल जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री छन् । शर्माले अर्थ मन्त्रालय र भुसालले ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् । माओवादीले अझै सात मन्त्रालय पाउने सम्भावना रहेको नेताहरु बताउँछन् ।
कांग्रेसको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ मात्र सरकारमा सहभागी छन् । गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले अझै पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया