

चितवनमा निषेधाज्ञा एक हप्ता लम्बियाे





ई–साझाकुरा, भदौ ५
चितवनमा गएको साउन ३२ गतेदेखि लगाइएको निषेधाज्ञा भदौ १२ गतेसम्मका लागि थपिएको छ ।
शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी भदौ १२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।

सात वटा पालिका रहेको चितवनमा यसअघि माडी नगरपालिका बाहेक ६ वटा पालिकामा निषेधाज्ञा लगाइएकोमा यस पटक सातै पालिकामा निषेधाज्ञा लागू हुने चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभएकोे छ ।
सुरक्षा समितिको बैठकले अत्यावश्यक सामान किन्न साँझ र बिहानको समयमा खुला गरिएको बेला सवारी साधनको प्रयोग बढेको, लामो दुरीको यात्रा गर्ने क्रम बढेको र पैदल घुमफिर गर्ने क्रम बढ्दै गएको पाइएकोले त्यसलाई थप कडाइ गर्ने निर्णय गरेको छ ।
चितवनमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन सय नाघेको छ । चितवनमा कोरोना सङ्क्रमणबाट अहिलेसम्म चार जनाको ज्यान गएको छ ।


खबर सबै
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल











प्रतिक्रिया