

सिन्धुपाल्चोकको पहिरो : २८ को शव भेटियो, ११ जना अझै बेपत्ता



सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिको पहिरोमा बेपत्ता भएकामध्ये थप ३ जनाको शव भेटिएको छ। यसअघि २५ जनाको शव भेटिएको थियो। पहिरोमा अझै ११ जना बेपत्ता छन्।

पहिरोमा परेर ९ जना बेपत्ता भएका थिए। बुधबार एक बालक र २ महिलाको शव फेला परेको ईलाका प्रहरी कार्यालय जलविरेकाप्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए। ४२ वर्षाीया जिबिरानी दोङ, ५ वर्षका सानुकान्छा दोङ र १८ वर्षकी ललिता दोङको शव फेला परेको हो। योसँगै पहिरोमा ज्यान गुमाउनेको संख्या २८ पुगेको छ।
शव फेला पारिएकामध्ये १५ जना पुरूष र १३ महिला छन्। तीमध्ये बालबालिकामात्रै १४ जना छन्। पहिरोमा हराइरहेकाहरूको खोजीमा नेपाली सेना, नेपाल प्रहरी गरि ६६ जना र स्थानीयबासीहरू जुटेका छन्। एक्साभेटर ल्याउन सकिने अवस्था नरहेकाले पिक, साबेल र कोदालोका भरमा खोजी कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया