

सिन्धुपाल्चोकको पहिरो : २८ को शव भेटियो, ११ जना अझै बेपत्ता



सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिको पहिरोमा बेपत्ता भएकामध्ये थप ३ जनाको शव भेटिएको छ। यसअघि २५ जनाको शव भेटिएको थियो। पहिरोमा अझै ११ जना बेपत्ता छन्।

पहिरोमा परेर ९ जना बेपत्ता भएका थिए। बुधबार एक बालक र २ महिलाको शव फेला परेको ईलाका प्रहरी कार्यालय जलविरेकाप्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए। ४२ वर्षाीया जिबिरानी दोङ, ५ वर्षका सानुकान्छा दोङ र १८ वर्षकी ललिता दोङको शव फेला परेको हो। योसँगै पहिरोमा ज्यान गुमाउनेको संख्या २८ पुगेको छ।
शव फेला पारिएकामध्ये १५ जना पुरूष र १३ महिला छन्। तीमध्ये बालबालिकामात्रै १४ जना छन्। पहिरोमा हराइरहेकाहरूको खोजीमा नेपाली सेना, नेपाल प्रहरी गरि ६६ जना र स्थानीयबासीहरू जुटेका छन्। एक्साभेटर ल्याउन सकिने अवस्था नरहेकाले पिक, साबेल र कोदालोका भरमा खोजी कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया