
भारतको गाउँमा ८०० किलो गोबर चोरी भएपछि हंगामा

एजेन्सी
भारतको छत्तीगिढ राज्यमा रहेको धुरेना गाउँबाट ८०० किलो गोबर चोरी भएपछि चोरहरूको व्यापक खोजतलाश गरिँदैछ । गाउँलेहरूले आफ्नो भण्डारबाट त्यति धेरै गोबर चोरी गरिएको गुनासो प्रहरीसमक्ष गरेका थिए ।
राति आएर चोरहरूले गोबर उडाएका थिए ।
‘हामीले केही आरोपितहरूलाई सोधपुछ गरेका छौं तर कसैलाई पक्राउ गरिएको छैन,’ स्थानीय प्रहरी अधिकृत हरीश तान्डेकरले बताए ।
यति धेरै गोबर कसरी चोरी गरेर चोरहरूले लान सके अनि किन चोरेका हुन् भन्ने स्पष्ट नभएको उनले थपे ।
कम्पोस्ट मल नबाउनका लागि छत्तीसगढ सरकारले प्रतिकिलो दुई भारुका दरले किसानहरूबाट ताजा गोबर किन्ने गरेको छ ।
हालैका वर्षमा धेरै भारतीय राज्यहरूले किसानहरूलाई प्रांगारिक खेतीका लागि गोबर बेच्न उत्प्रेरित गरिरहेका छन् ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया