

विजयनगरमा एम्बुलेन्स सेवाको शुभारम्भ



कपिलवस्तु ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले पिपरी समयमाई मन्दिरमा पुजाआज गरी एम्बुलेन्स सेवाको उद्घाटन गर्नुभएको हो ।
अध्यक्ष थापाले एम्बुलेन्स सेवा सञ्चालनको उद्घाटन गर्दै यहाँका जनताहरुले अब सजिलै औषधी उपचार सेवा पाउने बताउनुभएको छ । गाउँपालिकाले यहाँका नागरिकहरुको स्वास्थ्यलाई प्राथमिकतामा राखी अगाडी बढिरहेकोे थापाले बताउनुभयो ।
स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो भन्दै मानिस स्वास्थ्य रहे मात्र विकासका क्षेत्रमा फड्को मार्न सकिने उहाँले बताउनुभयो । गाउँपालिकामा एम्बुलेन्स नहुँदा जनताले सम्बन्धित ठाउँमा पुग्न निकै समस्या भोग्दै आएका थिए । कतिपय अवस्थमा विरामी हुँदा यातायातको साधन नपाउँदा अकालमै मृत्यु हुने समेत ग¥थ्यो तर यी बाध्यता अबदेखि हट्ने भएको छ ।
अबदेखि नागरिकहरुले समयमै औषधी उपचार गर्न एम्बुलेन्स सेवा पाउने भएका हुन् । गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को खरिद गर्ने कार्यक्रम रहे तापनि कोरोना भाइरस ९कोभिड–१९०को कारण गर्दा यस वर्षको सुरुमै एम्बुलेन्स ल्याएको प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले बताउनुभयो ।
एम्बुलेन्स सञ्चालन कार्यविधि अनुसार व्यवस्थापन गर्ने भट्टराईले बताउनुभयो । एम्बुलेन्स सञ्चालनमा भएपछि पालिकावासी खुसी भएका छन् ।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया