

साहित्यकार भारद्धाजको कविता : हो ज्ञान यो शाश्वत



ऋषिकेशव भारद्वाज/बाणगङ्गा – ८ कपिलवस्तु
प्यारो भारतवर्ष हर्ष जगमा , वर्षा गरून् सर्वदा ।
साँचो मानवता भरून् जगतमा सौहार्द औ मित्रता ।।
विध्या संस्कृतको छ ज्ञान भरिलो , संसारमा निर्मल ।
पाऊँ दिव्य मनुष्य एक युगको , गर्ने सधैं मंगल ।।
यस्तै विश्व समृद्ध शान्ति जगमा , सत्प्रेम पक्का रहोस् ।
त्यस्तै संस्कृति आर्यको रसमयी , हिंशा कसैको नहोस् ।।
सारा देश तथा स्वतन्त्र जनता , मैत्री रहोस् शाश्वती ।
हाम्रो भारत वर्षको विजयको , संस्कृति होस् भाश्वती ।।
पूर्वी संस्कृतिमा छ मंगल धुनी , ॐ कारको गर्जन ।
हाम्रो वैदिक धर्म शाश्वत छ यो , कस्तो अहा ! कन्चन ।।
यस्तै आर्य परम्परा जगतले , रोज्ने गरून् चाहना ।
बेदान्ती निज धर्म धारण गरून् , मेरो छ यो कामना ।।
पूर्वी दर्शन फैलियोस् भुवनमा , बढ्दै रहोस् भाश्वत ।
साझा संस्कृति राष्ट्रको हित हुने , हो धर्म यो शाश्वत ।।
वाणी आर्य परम्परा जगतको , लोगो बनोस् अङ्कित ।
वेदान्ती निज धर्म धारण गरौं , हो ज्ञान यो शाश्वत ।।
साहित्यकार भारद्धजको कलमबाट


खबर सबै
-
दाङ : खोलामा डुबेर एक युवकको मृत्यु
-
मौसम विज्ञान विभागले भन्यो- अब धान नकाट्नू
-
एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै
-
चक्रवातको प्रभाव : कपिलवस्तु सहित लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
चक्रवातको प्रभाव : कपिलवस्तु सहित लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा







प्रतिक्रिया