

नौवस्तामा नयाँ औद्योगिक क्षेत्र निर्माणमा देखिएको अवरोध हट्यो



साउन ३२, नेपालगञ्ज / सुकुम्बासीहरुसँग सहमति भएसँगै बाँकेको नौवस्तामा नयाँ औद्योगिक क्षेत्र निर्माणमा देखिएको अवरोध हटेको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड र सुकुम्बासीहरुबीच बैकल्पिक व्यवस्था नहुँदासम्म सुकुम्बासीहरुलाई हाल बसेकै स्थानमा बसोबास गर्न दिने र औद्योगिक क्षेत्रको खाली स्थानमा निर्माणका कामहरु सुरु गर्न सुकुम्बासीहरुले अवरोध नगर्ने लिखित सहमति भएको छ। औद्योगिक क्षेत्र निर्माण हुने क्षेत्रमा २०५४ सालदेखि ६१ घर परिवार सुकुम्बासी बसोबास गर्दै आएका थिए। उनीहरुले आफ्नो व्यवस्थापन नहुँदासम्म औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढाउन नदिने बताउँदै जबरजस्ती गरेर आन्दोलन गर्ने चेताबनी दिँदै आएका थिए। तर, बाँकेका सभासद, प्रमुख जिल्ला अधिकारी, गाउँपालिका जनप्रतिनिधिहरुको लामो प्रयासपछि लिमिटेड र सुकुम्बासीबीच सहमति जुटेको हो। बैकल्पिक व्यवस्था नहुँदासम्मका लागि सुकुम्बासीहरुलाई हाल बसेकै स्थानमा बस्न दिने र औद्योगिक क्षेत्रको खाली स्थानमा निर्माणका कामहरु सुरु गर्न सुकुम्बासीहरुले अवरोध नगर्ने लिखित सहमति भएको नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय नेपालगञ्जका प्रमुख कृष्ण पुनले बताए। औद्योगिक क्षेत्र निर्माण हुने स्थलमा पुगेका औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्षलाई भेटेर सुकुम्बासीहरुले आफ्नो व्यवस्थापन गरेर औद्योगिक क्षेत्र निर्माणको काम सुरु गर्ने सुकुम्बासी अगुवा नवीन उपाध्यायले बताए। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन हुने समितिले औद्यौगिक क्षेत्रको जग्गामा बसेका सुकुम्बासीहरुलाई कहा कसरी व्यवस्थापन गर्ने निर्णय गर्नेछ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया