

नौवस्तामा नयाँ औद्योगिक क्षेत्र निर्माणमा देखिएको अवरोध हट्यो


साउन ३२, नेपालगञ्ज / सुकुम्बासीहरुसँग सहमति भएसँगै बाँकेको नौवस्तामा नयाँ औद्योगिक क्षेत्र निर्माणमा देखिएको अवरोध हटेको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड र सुकुम्बासीहरुबीच बैकल्पिक व्यवस्था नहुँदासम्म सुकुम्बासीहरुलाई हाल बसेकै स्थानमा बसोबास गर्न दिने र औद्योगिक क्षेत्रको खाली स्थानमा निर्माणका कामहरु सुरु गर्न सुकुम्बासीहरुले अवरोध नगर्ने लिखित सहमति भएको छ। औद्योगिक क्षेत्र निर्माण हुने क्षेत्रमा २०५४ सालदेखि ६१ घर परिवार सुकुम्बासी बसोबास गर्दै आएका थिए। उनीहरुले आफ्नो व्यवस्थापन नहुँदासम्म औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढाउन नदिने बताउँदै जबरजस्ती गरेर आन्दोलन गर्ने चेताबनी दिँदै आएका थिए। तर, बाँकेका सभासद, प्रमुख जिल्ला अधिकारी, गाउँपालिका जनप्रतिनिधिहरुको लामो प्रयासपछि लिमिटेड र सुकुम्बासीबीच सहमति जुटेको हो। बैकल्पिक व्यवस्था नहुँदासम्मका लागि सुकुम्बासीहरुलाई हाल बसेकै स्थानमा बस्न दिने र औद्योगिक क्षेत्रको खाली स्थानमा निर्माणका कामहरु सुरु गर्न सुकुम्बासीहरुले अवरोध नगर्ने लिखित सहमति भएको नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय नेपालगञ्जका प्रमुख कृष्ण पुनले बताए। औद्योगिक क्षेत्र निर्माण हुने स्थलमा पुगेका औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्षलाई भेटेर सुकुम्बासीहरुले आफ्नो व्यवस्थापन गरेर औद्योगिक क्षेत्र निर्माणको काम सुरु गर्ने सुकुम्बासी अगुवा नवीन उपाध्यायले बताए। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन हुने समितिले औद्यौगिक क्षेत्रको जग्गामा बसेका सुकुम्बासीहरुलाई कहा कसरी व्यवस्थापन गर्ने निर्णय गर्नेछ।


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया