

लुम्बिनी प्रदेशमा पनि ‘फ्लोर क्रस’ कै चिन्ता




बुटबल
आईतबार लुम्बिनी प्रदेशसभाको अधिवेशन चल्दैछ । आईतबार सुरु हुने संसद आगामी सत्ता समीकरण केन्द्रित हुने छ । प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि उक्त प्रस्ताव उपर मतदानका लागि बोलाइएको संसद बैठकको नतिजा के होला ? चासो बढेको छ । आफू विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका तीन जना सांसदलाई हतारमा मन्त्री बनाएर सुरक्षित बन्न खोजेका मुख्यमन्त्री पोखरेलका लागि अब आफ्नै पार्टी भित्रका सांसदहरुलाई रोक्ने रस्साकस्सी छ ।
प्रदेशसभाको अहिलेको सांसद संख्याले पोखरेललाई विश्वासको मत लिन आफू भित्रकै सांसदहरु चुनौती बन्न सक्ने देखिएको छ । पोखरेल आफूविरुद्ध हुन सक्ने सम्भावित फ्लोर क्रस रोक्ने कसरतमा छन् भने अविश्वासको प्रस्ताव दर्ता गरेका दलहरु भने फ्लोर क्रसको माहोल निर्माण गर्न माधव-झलनाथ समूहका सांसदहरुलाई फकाउन सकृय छन् ।
प्रदेशसभाको अंकगणितको हेर्ने हो भने यो प्रदेशको सत्ता परिवर्तनको एक मात्रै विकल्प भनेकै फ्लोर क्रस हो । एमाले भित्र फुलोर क्रस नभए वर्तमान सरकारले निरन्तरता पाउने छ । जसपाका चार सांसद निलम्बनमा परेपछि सत्ता समीकरणका लागि माधव-झलनाथ पक्षका सांसद निर्णायक मानिएका छन् । माओवादीबाट एमाले प्रवेश गरेका दुई र जसपाका चार सांसद कारवाहीमा परेपछि प्रदेशसभा अहिले ८१ सदस्यीय छ । मुख्यमन्त्री पोखरेललाई विश्वासको मत जित्नका लागि ४१ सांसद चाहिन्छ । एमालेका कुल सांस्द संख्या पनि ४१ नै हो । एमाले भित्रकै मत सुरक्षित हुन सके पोखरेलले आँफूभित्रबाटै मुख्यमन्त्री पदमा सुरक्षित हुने निश्चित नै छ ।
तर माधव-झलनाथ पक्षका सांसदहरुले कर्णालीमा फ्लोर क्रस गरेजस्तै यहाँ पनि गरेको खण्डमा मुख्यमन्त्री अल्पमतमा पर्ने छन् । एमाले स्रोतका अनुसार यो प्रदेशमा दुईजना सांसद माधव-झलनाथ पक्षका भनेर खुलिसकेका छन् । यो दुई मत क्रस भए मात्रै मुख्यमन्त्री पोखरेलको पद जोखिममा पर्ने छ ।
यो समाचार आजको नागरिक दैनिकमा छ ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया