

कोरोना संंक्रमितको मृत्यु भएपछि अर्घाखाँचीको मालारानीमा हिडडुल गर्न रोक


अर्घाखाँची । अर्घाखाँची जिल्लाको वडा न्मबर ७ हंसपुरको बामरुक लेवासेका ६० बर्षिय पुरुषको मंगलबार कोरोना संक्रमणले मृत्यु भएपछि गाउँमा हिडडुल गर्न रोक लगाईएको छ ।
मृत्यु पश्यात हंसपुरको लेवासे, बामरूक भुमिकास्थान ३ धारापानीको राईखण्डे, सिख्र लगायतका टोल वस्तीहरूमा माईकिङ गरि एक घरबाट अर्को घर नजान नागरिकलाई सचेत गराईएको वडाअध्यक्ष खड्क प्रसाद भुसालले जानकारी दिए ।
नयाँ प्रजातीको कोरोनाको लहर आएपछि जोखिम देखिएका गाउँमा बिना काम आवत जावत गर्न रोक लगाईएको गाउँपालीकाका अध्यक्ष बालकृष्ण आचार्यले बताए । जिल्लामा मृत्यु हुनेको संख्या १९ पुगेको छ । पछिल्लो २४ घण्टामा जिल्लाका बिभिन्न पालीकाहरुमा थप २८ जनामा कोरोना संक्रमण पुष्टी भएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ८६१ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा २ जना कोरोनामुक्त भएसँगै हालसम्म ७९३ जना कोरोनामुक्त भएका छन् । अहिले जिल्लामा ४९ जना सक्रिय संक्रमित आईसोलेशनमा रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
जसमा सन्धिखर्क नगरपालीकामा २२ जना, शितगंगा नगरपालीकामा ८ जना, भुमिकास्थान नगरपालीकामा ५ जना,मालारानी गाउँपालीकामा ४ जना, पाणिनि गाउँपालीकामा ३ जना र छत्रदेव गाउँपालीकामा ७ जना गरी जम्मा ६१ जना सक्रिय संक्रमित रहेको जिल्ला जनस्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा मालारानी ७ का ६० बर्षीय रामप्रसाद भुसालको ज्यान गए संगै जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण १९ जनाको ज्यान गएको अर्घाखाँचीका सहायक प्रजिअ बिक्रम थापाले जानकारी दिए ।


खबर सबै
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी






प्रतिक्रिया