त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज फाइनल : नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधिका अहिले नेपाल र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्दैछन् ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्यान्ड्ले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको छ ।

नेपालले केही बेरमा नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ थाल्नेछ । नेपालले आजको खेलमा शाहव आलमको स्थानमा कमल सिंह ऐरीलाई बोलाएको छ ।

आजको खेलमा जित निकाल्दै नेपाल वर्षको सुखद सुरुवात गर्ने योजनामा छ । नेपालले लामो समयपछि उपाधि जित्ने योजनामा छ । घरेलु मैदान भएका कारण नेपाललाई आजको खेलमा जित निकाल्ने अवसर छ ।

नेपालले सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । नेदरल्यान्ड्सले नेपाललाई दोस्रो खेलमा पराजित गरेको थियो ।

नेपालले हालसम्म नेदरल्यान्ड्ससँग १० टी–ट्वान्टी खेल खेलेको छ । जसमा ८ टी–ट्वान्टी अन्तराष्ट्रिय रहेको छ भने २ टी–ट्वान्टी खेल हो ।

नेपालले ३ टी–ट्वान्टी अन्तराष्ट्रिय खेलमा जित हात पारेको छ भने नेदरल्यान्ड्सले २ टी–ट्वान्टी र ४ टी–ट्वान्टी अन्तराष्ट्रियमा जित निकालेको छ । एक खेल नतिजाविहीन भएको थियो ।

प्रतिक्रिया

खबर सबै