

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज फाइनल : नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल



काठमाडौं
त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधिका अहिले नेपाल र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्दैछन् ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्यान्ड्ले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको छ ।
नेपालले केही बेरमा नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ थाल्नेछ । नेपालले आजको खेलमा शाहव आलमको स्थानमा कमल सिंह ऐरीलाई बोलाएको छ ।
आजको खेलमा जित निकाल्दै नेपाल वर्षको सुखद सुरुवात गर्ने योजनामा छ । नेपालले लामो समयपछि उपाधि जित्ने योजनामा छ । घरेलु मैदान भएका कारण नेपाललाई आजको खेलमा जित निकाल्ने अवसर छ ।
नेपालले सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । नेदरल्यान्ड्सले नेपाललाई दोस्रो खेलमा पराजित गरेको थियो ।
नेपालले हालसम्म नेदरल्यान्ड्ससँग १० टी–ट्वान्टी खेल खेलेको छ । जसमा ८ टी–ट्वान्टी अन्तराष्ट्रिय रहेको छ भने २ टी–ट्वान्टी खेल हो ।
नेपालले ३ टी–ट्वान्टी अन्तराष्ट्रिय खेलमा जित हात पारेको छ भने नेदरल्यान्ड्सले २ टी–ट्वान्टी र ४ टी–ट्वान्टी अन्तराष्ट्रियमा जित निकालेको छ । एक खेल नतिजाविहीन भएको थियो ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया