

खनाल-नेपाल समूहले बोलायो राष्ट्रिय कार्यकर्ता भेला



काठमाडौं
नेकपा एमालेको खनाल-नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल निकट केन्द्रीय सदस्य र संघीय सांसदहरुको शनिबार बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीले गरेका एकलौटी निर्णयहरु अमान्य र अस्वीकार्य भएको बताएको छ ।
अध्यक्ष ओलीले शुक्रबार बालुवाटारमा गरेको बैठकबारे केन्द्रीय पदाधिकारी र सदस्यहरुलाई जानकारी नगराएको र बहुमत सदस्यसमेत उपस्थित नभएकाले अवैध भएको यो समूहको दाबी छ । उपाध्यक्ष भीम रावलले भने, ‘केपी शर्मा ओलीजीले बालुवाटारमा जुन किसिमले कथित बैठक गर्नुभयो र एमालेको विधान, नियमावली र कार्यशैली विपरित जसरी काम गर्नुभयो । त्यो आपत्तिजनक छ, अवैध छ ।’
सर्वोच्च अदालतको फैसलाविपरित माओवादी केन्द्रमा रहेका नेताहरुलाई एमाले केन्द्रीय सदस्य मनोनित गरें भन्नु हास्यापद भएको उनले बताए । केन्द्रीय सदस्यमा थप सदस्य मनोनित गर्ने अधिकार नै नभएको खनाल–नेपाल समूहको दाबी छ ।
बैठकले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला समेत बोलाएको छ । भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका निर्वाचित प्रमुख र उपप्रमुखका साथै पार्टी कमिटीका पदाधिकारीलाई बोलाइएको छ ।
जनसंगठन, वर्गीय संगठन र पेशागत संगठनका केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी, जिल्लाका अध्यक्ष, केन्द्रीय विभागका सदस्यहरुलाई पनि भेलामा बोलाइएको छ । ‘भेलाबाट हामीले महत्वपूर्ण निर्णय गर्नेर्छौं’ उपाध्यक्ष रावलले बताए ।


खबर सबै
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?






प्रतिक्रिया