

दोस्रो तहका नेताहरु एकता जोगाउने पहलमा : नेकपा



काठमाण्डाै
दुई समूहमा विभाजित भइसकेको नेपाल कम्युनिस्ट पार्टीलाई फेरि एक गराउन दोस्रो तहका नेताहरुले पहल थालेका छन् ।
शीर्ष नेताहरुबीचको सम्बन्ध निकै तिक्ततापूर्ण अवस्थामा पुगेको भए पनि दोस्रो तहका नेताहरुले पार्टीलाई फेरि एक गराउन सकिन्छ कि भन्ने बारेमा अनौपचारिक छलफल र कुराकानी गरिरहेका हुन् । अवस्था निकै जटिल रहे पनि अझै एकताको आशा रहेको र आफू अर्को पक्षका नेताहरुसँगको कुराकानीमा रहेको ओली पक्षका नेता सुवास नेम्वाङले बताउनुभयो ।
पहिले सजिलो अवस्थामा रहँदासमेत पार्टी एकता गर्न गाह्रो भएको अनुभव सुनाउँदै नेम्वाङले अहिले सम्बन्ध जटिल भइसकेकाले फेरि एकता गर्नको लागि कठिन रहेको बताउनुभयो । तर राजनीतिमा जस्तोसुकै अवस्थामा पनि सम्भावना रहने भएकाले एकताको लागि प्रयास नछाड्ने नेम्वाङको भनाइ छ ।
प्रचण्ड-नेपाल समूहका दोस्रो तहका केही नेता पनि फेरि पार्टी एक गराउन सकिन्छ कि भनेर लागि परेका छन् । उनीहरुले ओली पक्षका दोस्रो तहका नेताहरुसँग अनौपचारिक छलफल गरिरहेका छन् । नेता भीम रावलले अहिलेकै अवस्थामा एकता कठिन भए पनि अवस्थालाई बिस्तारै सहजतातर्फ लैजान सकेमा र गल्तीको आत्मालोचना गरेमा एकता असम्भव नरहेको बताउनुभयो ।
उहाँले ओली पक्षले पटक-पटक पार्टी फटाउने प्रयास गरेकाले अबको एकता उनीहरुको व्यवहारमै निर्भर हुने बताउनुभयो । ओली पक्षका नेताहरुसँग आफ्नो अनौपचारिक कुराकानी भइरहने नेता रावलको भनाइ छ ।
औपचारिक रुपमा विभाजन नभए पनि नेकपा अहिले ओली पक्ष र प्रचण्ड- नेपाल पक्षमा विभाजित भइसकेको छ । दुवै पक्षले छुट्टाछुट्टै कमिटी बनाइसकेका छन् । शंकर पोख्रेल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ, जनार्दन शर्मा, वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डेलगायतका नेताहरु पार्टी एकता जोगाउने पक्षमा देखिएका छन् ।


खबर सबै
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?






प्रतिक्रिया