
प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गरेर संसद विघटन गरे- ओली

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन संबिधान सम्बत भएको दाबि गरेका छन् । बुटवलमा आयोजित नेकपा ओली पक्षको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफुलाई काम गर्न नदिएपछि आफु प्रतिनिधिसभा विघटन गर्न बाध्य भएको बताउदै त्यो संबिधान अनुसार भएको दाबि गरेका छन् ।प्रधानमन्त्री ओलीले संबिधान सम्मत ढंगले प्रतिनिधि सभा भएको बताउदै आफुलाई काम गर्न नदिएपछि संसद विघटन गरेको बताए । आफुले बहुमतको प्रधानमन्त्रीको हिसाबले संसद विघटन गरेको बताउदै त्यो संबिधान अनुसार विघटन गरेको दाबि दोहोराए ।
उनले प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गरेर संसद विघटन गरेको बताउदै संबिधान सम्बत छैन भन्ने गलत भएको बताए । उनले अदालतले देशलाई अस्थिरतातर्फ लैजादैन भन्ने विश्वास आफुले लिएको बताउदै कसैलाई लोकप्रिय छौं भन्ने लाग्छ भने जनमतमा आउन सबैलाई आग्रह गरे ।
प्रधानमन्त्री ओलीले आफुहरुले समानुपातिकतर्फ ५० लाख र प्रत्यक्षतर्फ बहुमत ल्याउने दाबि गरे ।उनले हिजो युवाहरुलाई उचालेर मर्न तयार हुन भनेको र शहिदको पंक्तिमा लगाएर त्यसलाई आफु सत्तामा जाने भर्यांग बनाएको आरोप लगाए जनयुद्धमा घाइते भएकाहरुलाई सम्मान गरिने बताउदै उनीहरुलाई परिचय पत्र दिने र परिवारका कम्तिमा एक जनालाई रोजगार सरकारले दिने प्रधानमन्त्री ओलीले सभामा बताए ।
प्रधानमन्त्री ओलीले भागरथी भट्टको हत्यारालाई पक्राउ गरेर कानुनको दयारामा ल्याउने बताउदै उनले निर्मला र भागरथीका हत्यारालाई छिट्टै पक्राउ गरेर सार्बजनिक गर्ने बताए ।


खबर सबै
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु






प्रतिक्रिया