‘कोभिसिल्ड’को प्रतिअसर : ज्वरो र टाउको दुख्नु सामान्य

राजेन्द्र खनाल, कपिलवस्तु

कोरोना भाइरस विरुद्धको ‘कोभिसिल्ड’ खोप लगाएकाहरुमध्ये केहीमा खोपको प्रतिअसर देखापरेको छ । यद्यपी यस्तो असरलाई चिकित्सकले भने सामान्य र स्वभाविक असर भनेका छन् ।

खोप लगाएकाहरुमा टाउको दुख्ने, ज्वरो आउने, चक्कर लाग्ने लगायतका समस्या देखिएका हुन् । जिल्ला अस्पताल कपिलवस्तुका मेडिकल सुपरिटेन्डेन डा. किशोर बञ्जाडेका अनुसार कुनैपनि खोप लिइसकेपछि व्यक्तिमा देखिने सामान्य असर जस्तै कोभिसिल्डले पनि असर देखाएको बताउनुभयो । यस्तो असरलाई स्वभाविक र सामान्य रुपमा लिइने उहाँको भनाई छ । कपिलवस्तुमा कोराना विरुद्धको खोप लिएका आधा दर्जन व्यक्तिहरुमा सामान्य ज्वरो आउने, टाउको दुख्ने लगाएतका समस्या देखिएको भन्दै उहाँले यसलाई गलत असर भन्न भने नमिल्ने बताउनुभयो । वालवालिकाहरुलाई दिईने अन्य कुनैपनि खोपले पनि सामान्य प्रतिअसर देखाउने भन्दै उहाँले खोपको यो असरलाई सामान्य लिनुपर्ने बताउनुभयो ।

यस्तै स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमूख अनिल केसीका अनुसार जुनसुकै खोप लगाए पनि सामान्य असर देखा पर्ने गर्छ । कोरोना विरुद्ध नेपाल सरकारले दिएको कोभिसिल्डले पनि अन्य खोपले जस्तै सामान्य असर देखाउने उहाँको भनाई छ । यसबाट आत्तिनुपर्ने अवस्था नरहेको केसीले बताउनुभयो । खोपको पाँचौ दिन आईतबार मात्रै कपिलवस्तुमा २ सय जनालाई यो खोप दिइएको उहाँले जानकारी दिनुभएको छ ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोपको अहिले देशभरका स्वास्थ्य कार्यालयहरु सहित सरकारले तोकेका स्वास्थ्य संस्थाबाट तोकिएका व्यक्तिहरुलाई दिइएको छ । पहिलो चरणमा कोरोनाविरुद्धको लडाइमा रहेका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, स्वास्थ्य स्वयंसेविका, संक्रमितको शव व्यवस्थापन गर्ने सुरक्षाकर्मीलगायतले खोप लगाउन थालिएको हो । कपिलवस्तु जिल्लाका लागि सरकारले ४ हजार ५ सय डोज खोप उपलब्ध गराएको थियो ।

प्रतिक्रिया

खबर सबै