

उज्यालो लाल्टिन प्रतिष्ठानसँग परिचयात्मक र ग्लोबल गलस प्रोजेक्ट स्वंयम्सेवक लाई सपथ कार्यक्रम सम्पन्न





रुपन्देही
रुपन्देहीको देवदहमा परिचयात्मक तथा स्वंयमसेवक सपथ कार्यक्रम सम्पन्न भएको छ । सोइया महिला स्वाबलम्बि संस्थाद्धारा आयोजित उज्यालो लाल्टिन प्रतिष्ठानसँग परिचयात्मक र ग्लोबल गलस प्रोजेक्ट स्वंयम्सेवक लाई सपथ खुलाईएको थियो । कार्यक्रम ॐ दर्शन एण्ड पार्टी प्यालेसको सभाहलमा भएको थियो ।
कार्यक्रममा बोल्दै उज्यालो लाल्टिन प्रतिष्ठानको अध्यक्ष सागर कंडेलले संस्थाको परिचय र बिगतमा गरेका कार्यको बारेमा जानकारी दिनु भएको थियो । त्यस्तै सोइया महिला स्वाबलम्बि संस्थाको व्यवस्थापक मुनुका न्यौपानेले सोईया ले गर्दै आएका कार्य र संस्थाको बारेमा बोल्नु भएको थियो । क्वालेटी एजुकेशन का कोडिनेटर नारायण भण्डारीले गुणस्तर शिक्षाको बारेमा जानकारी दिनु भएको थियो । यस परियोजना लागि छानिएका २० जना स्वंयमसेवकहरुलाई मोबाईल समेत बितरण गरिएको थियो ।
स्वयंसेवकहरुले परियोजना अवधीभर संस्थाको नियममा रहि परियोजनालाई सहयोग गर्नेछन । नेपालमा रहेका १००जना किशोरीहरु र डेनमार्कमा रहेका १०० जना किशोरीहरु बिच युवा देखि युवा परिचालन पद्धती अनुसार समाजमा रहेको साँस्कृतिक,सामाजिक असमानतालाई निरुत्साहित पार्न सञ्चारको माध्यमबाट गोलबद्ध भई किशोरिका हकहितमा काम गर्ने यस परियोजनाको मुख्य उद्देश्य रहेको कम्युनिकेशन परियोजनाका संयोजक युवराज चापागाईंले बताउनुभएको थियो । साथै यस परियोजनाका कल्पनाकार एनि मेट र उज्यालो लाल्टिनका संस्थापक अध्यक्ष अमृत लम्साल जुम एप मार्फत आफ्नो भनाई राख्नु भएको थियोे ।
कार्यक्रममा उज्यालो लाल्टिन प्रतिष्ठान, सोइया महिला स्वाबलम्बि संस्थाका सदस्यहरु र संचारकर्मीहरुको उपस्थिति रहेको थियोे । कार्यक्रम मुसहर बस्ती कि एक मात्र पहिलो किशोरी जो कक्षा १० मा पढ्दै छिन आसा मुसहरको प्रमुख आतिथ्यता भएको कार्यक्रमको अध्यक्षयता सोइया महिला स्वाबलम्बि संस्थाको कोषाध्यक्ष केश माया थापा र उज्यालो लाल्टिन प्रतिष्ठानको सदस्य र ग्लोबल गल प्रोग्राम कोडिनेटर युवराज चापागाईंको संचालनमा भएको थियो ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया