
मेयर र उप-मेयरका कारण रोकियो भेटनरि र कृषि जे.टि.ए को परिक्षा, उप-मेयर फरार


अर्घाखाँची
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा भेटनरि र कृषि जे.टि.ए को परिक्षा रोकिएको छ। ११ बजेबाट सुरु हुने परिक्षा मेयर र उपमेयर परिक्षा हुने स्थलमा उपस्थित नभएका कारण रोकिएको बिद्यार्थीको भनाइ छ।
भेटनरि र कृषि जे.टि.ए को परिक्षाको दिन कयौं घण्टा लगाएर २ वटा कोटामा प्रतिस्पर्धा गर्न आएका ७० विद्यार्थीहरु परिक्षा तोकिएको समयमा परिक्षा नगरेका कारण सडकमा आएर आन्दोलन गर्न बाध्य भएको बिद्यार्थी हरुले बताएका छन। बिद्यार्थी हरुले नगरपालिका अगाडि आएर शान्ति पुर्ण आन्दोलन गरेका थिए तर बिरोधमा प्रहरीको पटक पटक हस्तक्षेप भएको थियो।
नगरपालिकाको लापरबाहीले गर्दा तमाम बिद्यार्थी हरुलाइ परिक्षा गराउने भन्ने झुठो आश्वासन देखाएर राजस्वमा चाहिने रकम असुल गरेर परिक्षा स्थलमा बिद्यार्थी हरुलाई बसालि सके पछि एका-एक नगरपालिकाले आफ्नो निर्णय बदलेर परिक्षा रद्द गरेकोमा विद्यार्थीको भबिस्य माथी गरेको खेलवाडले गर्दा विद्यार्थीहरुको भबिस्य कतातिर जान्छ भन्ने कुरामा ध्यान नदिएको आरोप बिद्यार्थी हरुले लगाएका छन ।
३ घण्टा पछि रद्द भएको सुचना निकालेर पानी माथीको ओभानो बन्न खोजेको आरोप समेत लगाएका थिय । सन्धिखर्क नगरपालिका मेयर कमल प्रसाद भुसालले बिद्यार्थी हरु संग माफी माग्दै यो परिक्षा रद्द गरियो र परिक्षा हुनेवाला पनि छैन भन्दै ठाडो जवाफ दिएका छन। उपमेयर ठाकुर कुमार बिक (किशोर) भने विद्यार्थी हरुले बिरोध गरेको देख्ना साथ फरार रहेको बताएका छन। प्रसासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाका भनाइ अनुसार “मेरो कार्यकाल नगरमा रहुनजेल कुनै पनि झुटो अस्वासन दिएर बिद्यार्थी हरुलाइ अलपत्र पारेर राजस्व बुजेर कुनै पनि अलपत्र पार्ने छैन” भन्दै पानी माथिको ओभानो बन्न खोजेका थिय । बिद्यार्थीहरुले मेयर र उप मेयरले परिक्षा रोकेको दावी गरेका छन् । नेताहरुका आफ्ना मान्छे लगाउन परिक्षा रोकेको आरोप उनिहरुको छ ।
पैसा फिर्ता गर्ने पनि कुरा गरेर आन्दोलन दबाउने प्रयास भएको बताइएको छ । परिक्षा हिजो माघ १४ गते थियो ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया