
सरकारको मुख्य जोड निर्वाचन : पर्यटनमन्त्री

काठमाडौं, पुस २८
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले निर्वाचनलाई मुख्य जोड दिएर अघि बढिरहेको बताउनुभएको छ ।
संस्कृति मन्त्रालयअन्तर्गत नेपाल निजामति कर्मचारी सङ्गठनका प्रतिनिधिसँगको छलफलमा उहाँले आगामी वैशाख १७ र २७ गते घोषणा गरेको निर्वाचनलाई सम्पन्न गर्न सरकार पूर्ण प्रतिबद्धताका साथ लागि परेको बताउनुभयो । मन्त्री ढकालले भन्नुभयो, “निर्धारित समयभित्रै घोषित निर्वाचन हुन्छ, अबको मुख्य फोकस चुनावै हो, राज्य अब चुनावी माहोलमा गएकाले तपाईहरुले पनि राज्यको चुनावी अभियानलाई सहयोग गर्नुपर्छ ।”
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९१० र ९७० तथा धारा ८५ समेतका आधारमा विद्यमान प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशका लागि निर्वाचनको मिति तोक्नुभएको थियो । नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर्णय भई प्रधानमन्त्रीबाट सिफारिस भए बमोजिम पहिलो चरणमा आगामी २०७८ वैशाख १७ गते र दोस्रो चरणमा वैशाख २७ गते निर्वाचनको मिति तोकिएको छ ।
मन्त्री ढकालले राजनीतिभित्रको एउटा कित्तालाई जनभावनाको परीक्षण नगरी सत्ता बाडिचुडी खाने बानीले चुनावी प्रक्रियामा जान डराएर जनताबाट भाग्न खोजेको बताउनुभयो । “चुनावी प्रक्रियामा किन डराउने, पार्टीभित्र झगडा गर्ने बानी परेका ज्येष्ठ नेतालाई तनाव भएको छ, त्यसैले चुनावको सामना गर्न डराएका छन्,” उहाँले भन्नुभयो ।
उहाँले अघिल्लो निर्वाचनमा राजनीतिक स्थिरताका लागि मत मागेर फरक धारमा अघि बढेको शक्तिलाई समाहित गरेर लैजाने अठोटकासाथ लागिएको भएपनि स्थायित्व र स्थिरताको राजनीति नआएपछि अब स्थिरताको पक्षमा बहुमत प्राप्तिका लागि निर्वाचनमा जान लागिएको दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टीभित्रका नेताले काम गर्न नदिएपछि प्रतिनिधिसभा भङ्ग गरेर बाध्यात्मक ढङ्गले निर्वाचनको विकल्पमा जानुपरेको उहाँको तर्क थियो ।
प्रधानमन्त्रीको निर्वाचनमा जाने कदमलाई तानाशायी र प्रतिगमनको सङ्ख्या दिएर प्रचार गर्नेतर्फ इङ्गित गर्दै उहाँले “जनतामा नजाने कुरो गरेर जसरी पनि नेतृत्वमा रहिरहन खोजियो भनेपो तानाशायी हुन्छ रु तर सार्वभौमसत्ता सम्पन्न जनताको जनमत लिन जान खोज्दा कसरी प्रतिगमन भयो रु” भनी प्रतिप्रश्न गर्नुभयो ।
नेकपाका अर्का कार्यकारी अध्यक्षको ध्यान नै जसरी पनि नेतृत्वमा जाने देखिएकाले पार्टी एकतालाईसमेत बचाउन कठिनाई भएको उहाँको भनाइ छ । उहाँले सरकारको खुट्टा तानेर पाइला सार्न नदिने अनि दुई तिहाइको सरकारले कामै गर्न सकेन भनेर गलत प्रचार गरी हिँड्ने नेताहरुको प्रवृत्तिले पनि अहिलेको अवस्था आएको दोहो¥याउनुभयो ।


खबर सबै
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु






प्रतिक्रिया