
आलोपालो अध्यक्षता प्रचण्ड-नेपाल समूूहमा

काठमाडौं, २० पुष
नेकपा (दाहाल–नेपाल) समूहको पार्टी बैठकमा दुवै अध्यक्षले आलोपालो अध्यक्षता गर्न सुरु गरेका छन्। अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव नेपाल बराबरी हैसियतमा रहने व्यवस्थाअनुसार आलोपालो अभ्यास सुरु भएको हो। आइतबारको बैठकको अध्यक्षता अध्यक्ष नेपालले गरेका हुन्।
यसअगाडि पुस ७ र ९ गते स्थायी समिति बैठकको अध्यक्षता दाहालले गरेका थिए। पार्टी केन्द्रीय नेताहरूको कार्यविभाजन र एकता एकीकरणका बाँकी काम सम्पन्न गर्ने गरी प्रस्ताव तयार पार्न दाहाल–नेपाल समूहको स्थायी समिति बैठकले अध्यक्ष माधव नेपालको संयोजकत्वमा शक्तिशाली कार्यदल गठन गरेको छ। आइतबार जनवर्गीय संगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले नेपालको संयोजकत्वमा १० सदस्यीय कार्यदल गठन गरेको स्थायी समिति सदस्य पम्फा भुसालले बताइन्।
कार्यदलमा स्थायी समिति सदस्यहरू गिरिराजमणि पोखरेल, पम्फा भुसाल, गोकर्ण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, वर्षमान पुन, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल र शक्ति बस्नेत छन्। यो कार्यदलले सात दिनभित्र गृहकार्य गरी प्रस्ताव तयार पार्नेछ। ‘सकेसम्म छिटो गर्ने गरी बढीमा सात दिनभित्र कार्यविभाजन गर्ने गरी कार्यादेश तोकिएको छ’, नेतृ भुसालले भनिन्। कार्यदलले केन्द्रीय सदस्य, प्रदेश पदाधिकारीलगायतका नेताहरूको समेत कार्यविभाजन प्रस्ताव तयार पार्नेछ। एकीकरण र एकताको बाँकी काम टुंग्याउने गरी प्रस्ताव बनाउनेछ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया