
प्रचण्ड-नेपाल समूहको स्थायी कमिटीको बैठक आज बस्दै

काठमाडौं , पुस १५
पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दै छ । सरकारविरुद्ध आन्दोलनका थप कार्यक्रम तय गर्न आज दिउँसो १२ बजे पेरिसडाँडास्थित कार्यालयमा बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको विरोधमा प्रचण्ड–माधव समूहले मंगलबार देशव्यापी प्रदर्शन गरेको थियो । काठमाडौंको प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अझै कडा खालको आन्दोलन गर्ने उदघोष गरेका थिए ।
प्रचण्ड–माधव समूहले हरेक दिन आन्दोलनका कुनै न कुनै कार्यक्रम जारी राख्ने निर्णय यसअघि नै गरेको थियो । आन्दोलनको क्रममा नेपाल बन्दसम्म गर्नसक्ने उसले यसअघि नै बताइसकेको छ ।
प्रचण्ड–माधव समूहले आन्दोलन परिचालन गर्न नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को नेतृत्वमा समिति नै गठन गरेको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया