पार्टी कार्यालय पेरिस डाँडामा बिहान ११ बस्ने बैठकमा सरकारको असंवैधानिक कदमका बिरुद्ध भएको पहिलो चरणको आन्दोलनको समिक्षा, आगामी कार्यक्रम तथा विकसित पछिल्ला घटनाक्रमबारे छलफल हुने बरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभयो ।
प्रदेशमा देखिएको केन्द्रीय राजनीतिको प्रभाव तथा पार्टीको रणनीति तय गर्न बैठक बोलाईएको खनालले बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदम बिरुद्ध सशक्त आन्दोलन गर्न लागेको दाहाल–नेपाल समुहले भोली राजधानी सहित ७७ वटै जिल्लामा बिरोध प्रर्दशन गर्दैछ । त्यसको तयारी तथा आन्दोलन परिचालनका बिषयमा पनि शीर्ष तहमा छलफल हुने उहाँले बताउनुभयो । सो पक्षले भोली ५० हजार कार्यकर्तालाई राजधानीमा उतार्ने दाबी गर्दै आएको छ ।
त्यस्तै नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोलीसँग हुने छलफलको बिषयले पनि आजको बैठकमा प्रबेश पाउने नेताहरुले बताएका छन् ।










प्रतिक्रिया