
आज १६५ वटै निर्वाचन क्षेत्रमा विराेध प्रदर्शन गर्दै नेपाली कांग्रेस

काठमाडौँ, पुस १३
संसद् विघटनको विराेधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर विरोध प्रदर्शन गर्दैछ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचन घाेषणा गरेपछि उक्त कदमलाई ‘असंवैधानिक’ भन्दै कांग्रेसले विराेध गर्दै आएकाे छ ।
साेमबार देशभरिका १६५ वटै निर्वाचन क्षेत्रमा विराेध प्रदर्शन गर्ने कांग्रेसकाे तयारी छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आज हुने देशव्यापी प्रदर्शनमा अनिवार्य सहभागी सबै नेता-कार्यकर्ता र शुभेच्छुकमा अपिल गरेका छन् ।
देउवाले प्रधानमन्त्री र राष्ट्रपति मिलेर जनभावनाविपरीत कार्य गरेकाे र संविधानमा भएको व्यवस्थाभन्दा प्रतिकुल कदम चालेकाे भन्दै विराेधमा उत्रिन अपिल गरेका हुन् ।
गत बिहीबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले पनि पुस १३ गते सबै निर्वाचन क्षेत्रमा विराेध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
आज भक्तपुरमा हुने विराेध सभालाई कांग्रेस सभापति देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेकाे बताइएकाे छ । उता वरिष्ठ नेता रामचन्द्र पौडेलले भने तनहुँस्थित आफ्नै निर्वाचन क्षेत्रमा सम्बोधन गर्ने कार्यक्रम छ । यसैगरी प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडाैँकाे कोटेश्वरमा र युवा नेता गगन थापाले नेपालगञ्जमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ ।
कांग्रेसका अन्य नेताहरूलाइ सकेसम्म आ-आफ्नै निर्वाचन क्षेत्रमा पुगेर विराेध कार्यक्रमलाइ सम्बोधन गर्न निर्देशन समेत दिइएकाे छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया