सकियाे सर्वदलिय बैठक : प्रचण्ड, नेपाल र देउवा बहुमत सांसदको हस्ताक्षर बोकेर सर्वोच्च जाने

काठमाडौं, पुस ६

विघटित प्रतिनिधि सभाको बहुमत सांसदको हस्ताक्षर लिएर सत्तारूढ दल नेकपा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जसपाका शीर्ष नेताहरू सर्वोच्च अदालत जाने भएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा संसद विघटन गरिएपछि त्यसको पुनर्स्थापना गर्ने प्रयास गर्न तीनै दलका शीर्ष नेताहरूबीच सहमति जुटेको छ । प्रधानमन्त्री ओलीले गैरसंवैधानिक हिसाबले संसद विघटनको प्रस्ताव गरेका थिए र राष्ट्रपतिले उक्त प्रस्तावलाई तत्कालै अनुमोदन गरेकी थिइन् ।

यसबारेमा ठोस निर्णय अहिले कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेको सर्वदलीय बैठकले लिनेछ । संसद विघटन असंवैधानिक भएको भन्दै सर्वोच्चमा आज दर्जन जति रिट परेका छन् । ती रिटहरूउपर सुनुवाई नहुँदै तीनै दलका शीर्ष नेताहरूले १ सय ३८ भन्दा बढी सांसदको हस्ताक्षर लिएर सर्वोच्च अदालत जाने निर्णय गरेका हुन् ।

 

प्रतिक्रिया

खबर सबै