

रुपन्देहीबाट लाखौं मूल्यका ९ बोरा अबैध पटाकासहित ४ जना पक्राउ



रुपन्देहीको सैनामैनाबाट प्रहरीले लाखौं मूल्यको अबैध पटाका बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रन्यौरा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सैनामैना नगरपालिका वडा नं. ०४ रन्यौरा क्षेत्रबाट ठुलो परिमाणमा पटाका बरामद गरेको हो ।
प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय रन्यौरा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा रुपन्देही कोटहिमाइ गाउँपालिका वडा नं ५ का स्थानीय धर्मराज यादबले चलाएको बा २१ च २२४९ नम्बरको पिकअप जिपलाई शंका लागि रोकी चेकजाँच गर्नै क्रममा ९ बोरा बिभिन्न प्रकारका पटाका बरामद गरेको हो । प्रहरीले पटाकासहित ४ जनालाई समेत पक्राउ गरेको छ । पटाकाको अन्दाजी मूल्य ५ लाख पर्ने प्रहरीले जनाएको छ ।
पटाका सहित पक्राउ पर्नेहरुमा कोटहीमाइ गाउँपालिका वडा नं ५ का गाडी चालक २५ वर्षिय धर्म राज यादब, सोही स्थानका १८ वसर्षय शुसिल यादव तथा सम्मरीमाइ गाउँपालिका वडा नं. ७ का ३२ वर्षिय अक्लेश मौर्या र १९ वर्षिय सन्तोष कुर्मी रहेका छन् ।
उनीहरु सवार बा २१ च २२४९ नम्बरको पिकअप जिप पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुका सम्बन्धमा विष्फोटक पदार्थ ऐन वमोजिम थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
कपिलवस्तुसहित पश्चिम तराईमा वर्षा र हावाहुरीले धानबालीमा क्षति, किसान चिन्तित
-
रास्वपा प्रवेश गरेका विजयनगरका उपाध्यक्ष र वडा अध्यक्षको पद रिक्त
-
एनपीएलका लागि फेरिँदै त्रिवि क्रिकेट मैदानको मुहार
-
राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश
-
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
१४ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा रूपन्देहीबाट २५ वर्षीय युवक पक्राउ
-
राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश
-
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
१४ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा रूपन्देहीबाट २५ वर्षीय युवक पक्राउ
-
पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते
-
‘ए म त परदेशी’मा पोखियो परदेशी नेपालीको दसैँ पीडा
-
विश्व वरियतामा नेपाल १६औँ स्थानमा







प्रतिक्रिया